यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।
यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्।
जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net ।
डा. जोन सङको वास्तविक हृदय परिवर्तन
|
४ जुन, २०१८ को दिन ‘त्यानआनमेन चोक नरसंहार’ को उनन्तिसौं वार्षिकी पालन गरियो। सन् १९८९ मा हजारौं चिनियाँ विद्यार्थीहरूले सोचविचार गर्ने अझ बढी स्वतन्त्रताको माग गर्दै शान्तिपूर्वक प्रदर्शन गरिरहेका थिए। अनि ४ जुनको दिन बिहानैतिर, सरकारका सेनाले हतियारबिहीन प्रदर्शनकारीहरूमाथि गोली बर्साएर हजारौंको हत्या गऱ्यो अनि अझ अरू हजारौंलाई घाइते बनायो। होङ यूजियनले टेलिभिजनमा बेइजिङमा भएको त्यो हिंसाको घटना हेरिरहेको थियो, त्यसबेला तिनी पेन्सिलभेनिया युनिभर्सिटीमा एक विद्यार्थी थिए। तिनले भने, त्यानआनमेन चोक नरसंहार काण्ड देखेर तिनलाई विज्ञान र राजनीतिमा शंका लाग्न थाल्यो र तिनी एक ख्रीष्टियन बने।
तिनले भने, त्यानआनमेन चोक नरसंहारले तिनलाई र अरूहरूलाई तिनीहरूका आफ्नै पाप देख्न र तिनीहरूलाई ख्रीष्टको खाँचो छ भनी बुझ्न सहायता गऱ्योः ‘मलाई लाग्छ, परमेश्वरले त्यो घटनालाई बाटो तयार पार्न र चिनियाँ मानिसहरूका हृदय तयार पार्नका निम्ति प्रयोग गर्नुभयो’ (वर्ल्ड पत्रिका, ६ जुन, २००९, पृष्ठ ३८)।
‘सबै येशूका निम्ति! सबै येशूको निम्ति!’ यो कोरस गाउनुहोस्!
सबै येशूका निम्ति! सबै येशूको निम्ति! मेरा सब दिन र सब घडी,
सबै येशूका निम्ति! सबै येशूको निम्ति! मेरा सब दिन र सब घडी।
(‘अल फर जिजस,’ मेरी डी. जेम्स, १८१०-१८८३)
वर्ल्ड पत्रिकाले भन्यो,
‘चीन देशमा ख्रीष्टिय मतको वृद्धि दर विगत २० वर्षमा विस्फोटक रूपमा भएको छ। विशेषज्ञहरू द्रूत शहरीकरणको कारण प्रभावशाली विचारकहरूले ख्रीष्टलाई अंगालेका कुरा बताउँछन्’ (ऐजन)।
सन् १९४९ मा, जब कम्युनिस्टहरूले चीन देशमा कब्जा जमाए त्यसबेला स्वदेशी ख्रीष्टियनहरू एक लाखभन्दा कम थिए। अहिले चीन देशमा एक करोड् ६० लाख ख्रीष्टियनहरू भएको अनुमान गरिन्छ। अहिले आइतबारको दिन अमेरिका, केनेडा, ग्रेट ब्रिटेन र अस्ट्रेलिया सबै मिलाएर मण्डलीमा जति ख्रीष्टियन हुन्छन् त्योभन्दा बढी चीन देशमा हुन्छ। डा. सी. एल. केगन, जो एक तथ्याङ्कार हुनुहुन्छ, उनको अनुमानअनुसार चीन देशमा दिनको २४ घन्टामा प्रत्येक घन्टा ७०० व्यक्ति ख्रीष्टियन विश्वासमा आउँछन्। सबै येशूका निम्ति! फेरि यो कोरस गाउनुहोस्!
सबै येशूका निम्ति! सबै येशूको निम्ति! मेरा सब दिन र सब घडी,
सबै येशूका निम्ति! सबै येशूको निम्ति! मेरा सब दिन र सब घडी।
चीन देशमा ख्रीष्टिय मतको इतिहास सबैतिरका ख्रीष्टियनहरूका निम्ति धेरै चाखलाग्दो हुनुपर्छ। चीनमा आधुनिक मिसनरी अभियान रोबर्ट मोरसन (१७८२-१८३४) सित शुरु भएको हो। मोरिसनलाई सन् १८०७ मा लण्डन मिसनरी सोसाइटीले चीन देशमा पठाएको थियो। तिनका सहकर्मी विलियम मिल्नीको सहयोगमा तिनले सन् १८२१ सम्म सम्पूर्ण बाइबल अनुवाद गरिसकेका थिए। तिनी २७ वर्षसम्म चीनमा बस्दा थोरै चिनियाँहरूले मात्र बप्तिस्मा लिएका थिए- तापनि तिनीहरू सबै विश्वासयोग्य ख्रीष्टियनहरूको रूपमा रहे। मोरिसनले गरेका चिनियाँ बाइबल अनुवाद, सुसमाचारका पर्चाहरूको छपाइ आदि चीन देशमा सुसमाचारीय ख्रीष्टिय मतको जग बन्यो।
सन् १८५३ मा एक अंग्रेज चिकित्सक जेम्स हडसन टेलर समुद्र मार्गहुँदै चीन गए। सन् १८६० मा उनले चाइना इनल्याण्ड मिसन स्थापना गरे, त्यसलाई अहिले ओभरसिज मिसनरी फेलोसिपको नाउँले जानिन्छ। डा. टेलरका सहयोगीहरूले आखिरीमा चीन देशको सम्पूर्ण भित्र भागहरूमा ख्रीष्टियम मत फैलाए। हडसन टेलरको मत्यु सन् १९०५ मा चाङ्गसा भनिने ठाउँमा भयो।
सन् १९०१ मा जोन सङको मृत्यु भयो। तिनी चीन देशको इतिहासमा सबैभन्दा महान् प्रचारकको रूपमा चिनिए। तिनको प्रचार सुनेर विश्वास गर्ने मानिसहरू सन् १९४९ मा कम्युनिस्टहरूले देशलाई कब्जा गरे पनि ख्रीष्टप्रति विश्वासयोग्य रहे। बितेको ६० वर्षमा चीन देशमा ख्रीष्टियनहरूको संख्या विस्फोटक रूपले बढेर आधुनिक इतिहासमा एउटा सबैभन्दा ठूलो ख्रीष्टयन जागृति बन्यो। आज बिहान म तपाईंहरूलाई डा. जोन सङको उल्लेखनीय कथा बताउनेछु। म डा. एल्गिन एस. मोयरको पुस्तकबाट तिनको जीवनको रूपरेखा दिँदै शुरु गर्नेछु।
जोन सङ (१९०१-१९४४) राष्ट्रिय रूपमा प्रसिद्ध चिनियाँ प्रचारक थिए, जो चीनको हिन्जवा फूकेइनमा जन्मेका थिए, तिनी मेथोडिस्ट पास्टरका छोरा थिए।[जसको ९ वर्षको उमेरमा झूटो हृदय परिवर्तन भएको थियो।] तिनी एक बुद्धिमान विद्यार्थी थिए, तिनले वेस्लियन युनिभर्सिटी, ओहिओ स्टेट युनिभर्सिटी र युनियन थिअलजिकल सेमिनरीमा अध्ययन गरेका थिए। तिनले रसायन विज्ञानमा पीएचडी. प्राप्त गरे। तिनी विज्ञानको शिक्षा दिन छोडेर चीन देशमा सुसमाचार प्रचार गर्न फर्के। तिनले उदेकको शक्ति र प्रभावसहित चीन देशभरि र त्यसको छेउछाउका देशहरूमा सुसमाचार प्रचार गर्दै पन्ध्र वर्ष बिताए (एल्गिन एस. मोयर, पीएचडी., हु वज हु इन चर्च हिस्ट्री, मुडी प्रेस, १९६८ संस्करण, पृष्ठ ३९४)।
‘सबै येशूका निम्ति!’ यो फेरि गाउनुहोस्!
सबै येशूका निम्ति! सबै येशूको निम्ति! मेरा सब दिन र सब घडी,
सबै येशूका निम्ति! सबै येशूको निम्ति! मेरा सब दिन र सब घडी।
यो डा. जोन सङको जीवनको छोटो विवरण थियो। उनको हृदय नौ वर्षको उमेरमा परिवर्तन भएको थियो भनी म विश्वास गर्दिनँ। सन् १९२७ को फरवरीभन्दा अघि उनको हृदय परिवर्तन भएको थियो भनी म विश्वास गर्दिनँ।
डा. सङ आफलै पनि उनी २६ वर्षको हुँदा अमेरिकामा आत्मिक संकटमा पर्दासम्म उनको हृदय परिवर्तन भएको थिएन भन्छन्। हिन्जवामा जागृति आउँदा उनी नौ वर्षका थिए। त्यो बेला एक महिनाभित्रै ३००० मानिसले ख्रीष्टमा विश्वास स्वीकार थिए। गुड फ्राइडेको बिहान उनले ‘येशू गेतसमनीको बगैंचामा’ भन्ने प्रवचन सुने। त्यस प्रचारकले त सुत्ने चेलाहरूलाई येशूको निर्भयतासँग तुलना गरेको थियो। त्यो प्रवचनको अन्त्यमा दुःख महसुस गर्दै धेरै जना मानिस रोएका थिए। त्यसरी दुःखी हुनेहरूमा एक जना चिनियाँ मेथोडिस्ट प्रचारकका नौ वर्षे छोरा जोन सङ पनि थिए। यस्तो लाग्छ, त्यो बेला जोन सङले आफ्नो जीवन ख्रीष्टमा ‘अर्पण’ गर्नुभयो, त्यो बेला उनको हृदय साँच्चै परिवर्तन भएको थिएन। चिनियाँ ब्याप्टिस्ट चर्चका मेरा भूतपू्र्व पास्टर डा. तिमोथी लीन (उनका पनि पिता एक प्रचारक थिए) जस्तै जोन सङले पनि तेह्र वर्ष पुगेपछि प्रचार गर्न र आफ्ना पितालाई सहायता गर्न थाले। तर डा. लीनले जस्तै उनले साँचो हृदय परिवर्तनको अनुभव गरेका थिएनन्। जोन सङ एक परिश्रमी विद्यार्थी थिए, उनले माध्यमिक तहको पढाइ उच्च स्थानमा पास गरे। त्यस बेला उनी ‘सानो पास्टर’ को रूपमा चिनिन्थे। तर उनमा त्यस्तो जोश र धेरै कार्य गर्ने चाहना भए पनि उनी पूर्ण सन्तुष्ट थिएनन्। उनले सेवकाइमा गरिरहेका कामलाई ‘पक्षीको प्वाँखको निलोजस्तो हेर्न लायकको, जुन ग्रीष्ममा प्रशस्त हुन्छ, तर प्रभु येशूलाई चढाउन कुनै ताजा फल नभएको’ भनी वर्णन गरेका छन् (लेस्ली टी. लियल, अ बायोग्राफी अफ जोन सङ, चाइना इनल्याण्ड मिसन, १९६५ संस्करण, पृष्ठ १५)।
सन् १९१९ मा १८ वर्षको भएपछि सङले अमेरिका जाने विचार गरे, अनि उनलाई ओहिओ वेस्लीयन युनिभर्सिटीमा निःशुल्क टिउसनसहित स्वीकार गरियो। उनले प्री-मेडिकल र प्री थिअलजीको अध्ययन सुरु गरे, र गणित र रसायन विज्ञानमा खास दक्षता हासिल गर्ने निर्णय गरे। उनी नियमित मण्डलीको सेवामा जान्थे र विद्यार्थीहरूको माझमा सुसमाचारीय सेवाहरू आयोजना गर्दथे। तर उनको अध्ययनको अन्तिम समयतिर उनले बाइबल अध्ययन र प्रार्थनामा ध्यान दिन छाडे, अनि एउटा जाँचमा त चोरेर लेखे। सन् १९२३ मा उनी तीन सय विद्यार्थीहरूका बीचबाट सर्वोच्च स्थान लिएर ग्राजुएट हुने चार जनामध्ये एक जना भए। उनलाई स्वर्ण पदक र भौतिक साथै रसायन विज्ञानका निम्ति नगद प्रदान गरियो। उनी फी बेटा कप्पा फ्राटनिटीमा चुनिए, जुन विशिष्ट विद्वानहरूको खास समाज थियो, उनलाई एउटा सुनको साँचो (चाबी), छात्रावृत्तिमा सर्वोच्च स्थान लिएको एउटा बिल्ला प्रदान गरियो।
अब उनलाई हाभर्ड युनिभर्सिटीलगायत अरू धेरैवटा युनिभर्सिटीहरूले छात्रावृत्ति प्रदान गरे। उनले ओहिओ स्टेट युनिभर्सिटीको मास्टर अफ साइन्सको डिग्रीको छात्रवृत्तिलाई स्वीकार गरे। उनले त्यो डिग्रीको अध्ययन नौ महिनाभित्रै पूरा गरे। त्यसपछि उनलाई हाभर्डले औषधीको अध्ययन गर्ने छात्रवत्ति प्रदान गऱ्यो। उनलाई सेमिनरीमा अध्ययन गर्ने अर्को मौका पनि दिइयो। उनले थिअलजी अध्ययन गर्नुपर्छ भन्ने महसुस गरे, तर उनले कमाएका ख्यातिले सेवक बन्ने उनको इच्छालाई ओझेलमा पारिदियो। त्यसको साटो उनले ओहिओ स्टेट युनिभर्सिटीमा रसायन विज्ञानमा डाक्टरीको अध्ययनमा प्रवेश लिए। उनले एक्काईस महिनामा नै पीएचड. पूरा गरे। यसरी उनी अमेरिकामा पीएचडी. आर्जन गर्ने पहिलो चिनियाँ व्यक्ति बने। उनलाई समाचार-पत्रहरूमा ‘ओहिओको सबैभन्दा प्रसिद्ध विद्यार्थी’ भनी वर्णन गरिएको थियो। ‘तर उनको हृदयभित्र अलिकति पनि शान्ति थिएन। आत्मिक बेचैनी बढदै गएर तिनी गहिरो हतासामा पुगे’ (लियल, ऐजन, पृष्ठ २२)।
यस बेला उनी उदारवादी ईश्वरशास्त्र र तिनीहरूका ‘सामाजिक सुसमाचार’ को प्रभावमा परे। उदारवादी ईश्वरशास्त्रले येशू एक महान् उदाहरण हुनुहुन्थ्यो, तर उद्धारकर्ता हुनुहुन्न थियो भनी शिक्षा दिन्छ। मलाई यस्तो लाग्छ, जोन सङ नौ वर्षका हुँदा उनले येशूलाई एक ‘महान् उदाहरण’ मात्र ठानेका थिए, त्यसले त्यो समय उनको झूटो हृदय परिवर्तन भएको थियो। तर परमेश्वरले अझै उनलाई बोलाइरहनुभएको थियो। एक बेलुकी उनी एकलै बसिरहेका बेला परमेश्वरले उनलाई यसो भनिरहनुभएको जस्तो सुने, ‘मानिसले सारा जगत् हात पारेर आफ्नो प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ?’
भोलिपल्ट उनले उदारवादी मेथोडिस्ट प्रोफेसरसँग कुराकानी गरे। उनले प्रोफेसरलाई उनी सुरुमा ईश्वरशास्त्रको अध्ययन गर्न अमेरिका आएका बताए। ती प्रोफेसरले उनलाई न्यू योर्कमा गएर ईश्वरशास्त्रमा चरम उदारवादी युनियन थिअलजिकल सेमिनरीमा गएर धर्मको अध्ययन गर्ने सल्लाह दिए। उनले कति पनि संकोच नमानी त्यहाँ जाने निर्णय गरे। त्यस युनियन सेमिनरीमा उनलाई पूर्ण छात्रवृत्ति दिइयो र खाने बस्ने खर्च पनि दिइयो। पछिबाट उनले आफूलाई सेवकाइमा चासो नभएको, तर उनका पिताको मन राख्न एक वर्षजति ईश्वरशास्त्रको अध्ययन गर्न चाहेका कुरा बताए, त्यसपछि तिनी वैज्ञानिक पेशामा फर्किए। तिनको हृदयमा ठूलो गोलमाल र अन्धकार थियो।
सन् १९२६ को शरद ऋतुमा डा. जोन सङ युनियन थिअलजी सेमिनरीमा भर्ना भए। घोर उदारवादी डा. हेरनी स्लोने कफिन भर्खरै त्यहाँका अध्यक्ष नियुक्त भएका थिए। त्यहाँका प्रोफेसरहरूमध्ये कोही-कोही डा. हेरी इमरसन फस्डिकजस्ता कट्टर उदारवादीहरू थिए, जो बाइबलमा विश्वास गर्ने ख्रीष्टिय मतको घोर विरोधी थिए। तिनले ‘मोडर्न यूज अफ द बाइबल’ अनि ‘द मेनहुड अफ द मास्टर’ जस्ता पुस्तकहरू लेखेका थिए। फस्डिकको अति प्रसिद्ध भाषण ‘श्याल द फन्डामेन्टालिस्ट विन?’ भन्ने थियो (१९२२)। फस्डिकले हरेक हप्ता आफ्नो रेडियो कार्यक्रम ख्रीष्टको सशरीर पुनरुत्थान र बाइबलको सत्यताको विरुदधमा प्रचार गर्थे। त्यो सेमिनरीमा बाइबलको निन्दा र सुसमाचारीय थिअलजीलाई तिरस्कार चर्को रूपमा गरिन्थ्यो। वैज्ञानिक रूपले प्रमाणित गर्न नसकिने बाइबलको कुनै पनि कुरालाई विश्वास गर्न नसकिने भनी इन्कार गरिन्थ्यो। तिनीहरू उत्पत्तिको पुस्तकलाई गैर-ऐतिहासिक र आश्चर्यकर्महरूमा विश्वास गर्नु अवैज्ञानिक ठान्थे। ऐतिहासिक येशूलाई अनुसरण गर्नुपर्ने आदर्शको रूपमा प्रस्तुत गरिन्थ्यो, अनि क्रूसमा उहाँले प्रतिनिधित्व गर्नुभएको मृत्युको मूल्य र उहाँको शारीरिक पुनरुत्थानलाई इन्कार गरिन्थ्यो। प्रार्थना गर्नुलाई समयको बरबादी मानिन्थ्यो। त्यस्ता विचारहरूमा असहमत हुनु भनेको दया र हाँसोको पात्र हुनुथियो’ (लियल, ऐजन, पृष्ठ २९-३०)।
डा. सङले आफ्नो सम्पूर्ण शक्ति र बुद्धिसहित उदारवादी थिअलजीको अध्ययनमा डुब्की लगाए। ती वर्षहरूमा उनले उच्च अंकहरू प्राप्त गरे, तर बौद्धधर्म र ताओ धर्मको अध्ययन गरेर उनी ख्रीष्टिय मतबाट टाढा भए। उनी कोठामा एकलै बसेर बौद्ध धर्मग्रन्थहरू जप्न थाले, त्यसो गर्दा आफैलाई इन्कार गर्न र शान्ति पाउन सकिन्छ भनी तिनले सोचेका थिए, तर त्यस्तो केही भएन। तिनले लेखे, ‘मेरो प्राण उजाड-स्थानमा भड्किरहेको छ।’
उनको जीवन असहनीय बन्यो। उनले लेखे, ‘न म निदाउन सक्छु, न त खान सक्छु। मेरो हदय ठूलो दुःखले भरिएको छ।’ त्यस सेमिनरीका अधिकृतहरूले उनी निरन्तर हतासामा भएको देखेका थिए।
त्यस्तो भावनात्मक अवस्थामा उनी केही विद्यार्थीहरूको साथमा डा. आइ. एम. हल्डीमेनको भाषण सुन्न गए, जो बाइबलमा विश्वास गर्ने कट्टरवादी, न्यू योर्क सिटीको पहिलो ब्याप्टिस्ट चर्चका पास्टर थिए। डा. हल्डीमेन तिनको यो भनाइका निम्ति प्रसिद्ध भए, तिनले भने ‘जसले कन्याबाट येशूको जन्मलाई इन्कार गर्छ, उसले बाइबलमा विश्वास गर्ने ख्रीष्टिय मतलाई इन्कार गर्छ।’ डा. हल्डीमेनको हेरी इमरसन फस्डिक र युनियन थिअलजिकल सेमिनरीसँग सोझै भिडन्त थियो। जोन सङ उत्सुकतावश तिनको प्रचार सुन्न गएका थिए। त्यो राति डा. हल्डीमेनले प्रचार गरेनन्। त्यसको साटोमा पन्ध्र वर्षे केटीले आफ्नो जीवन गवाही भनी। त्यस केटीले बाइबलको वचन पढी र ख्रीष्टको क्रूसको सट्टाको मृत्युको बारेमा बोली। सङले त्यो सभामा उनले परमेश्वरको उपस्थिति महसुस गरेका कुरा बताए। सेमिनरीबाट तिनीसँग गएका मित्रहरूले गिल्ला गर्दै हाँसे, तर उनी भने लगातार चार बेलुकी ती सुसमाचारीय सभाहरूमा गए। ‘सबै येशूका निम्ति!’ यो फेरि गाउनुहोस्।
सबै येशूका निम्ति! सबै येशूको निम्ति! मेरा सब दिन र सब घडी,
सबै येशूका निम्ति! सबै येशूको निम्ति! मेरा सब दिन र सब घडी।
उनले जोन वेस्ली, जर्ज व्हाइटफिल्ड साथै अन्य महान् प्रचारहरूका जीवन कथाहरू पढन थाले, ती पढेर तिनी पहिलो ब्याप्टिस्ट चर्चका ती सेवाहरूमा आफूले महसुस गरेको शक्तिको बारेमा जान्न चाहन्थे। सेमिनरीको एउटा कक्षामा एक जना लेक्चर्रले ख्रीष्टको क्रूसको सट्टाको मृत्युको विरुद्धमा बोले। त्यस लेक्चरको अन्त्यमा जोन सङ खडा भए अनि चकित बनेका विद्यार्थीहरूको अगि लेक्चर्रलाई जवाफ दिए।
अन्त्यमा, १० फरवरी, १९२७ को दिन उनले साँचो हृदय परिवर्तन भयो। ‘उनले आफ्ना सारा पापहरू आफ्नै अगाडि फैलिएका देखे। पहिले त उनलाई आफ्ना पापहरूबाट छुटकारा पाउने कुनै उपाय छैन र उनी नरक जानैपर्छ जस्तो लाग्यो। तिनले आफ्ना पापहरूलाई भुल्न खोजे, तर भुल्न सकेनन्। ती पापले उनक हदयलाई घोच्यो। अनि तिनले लूका २३ अध्यायको क्रूसको कथा पढे, त्यो कथा उनको निम्ति सजीव बन्यो, उनलाई आफू त्यो क्रूसको फेदमा बसेर आफ्ना पापहरू ख्रीष्टको अमूल्य रगतले पखालिऊन् भनी बिन्ती गरेकोजस्तो लाग्यो। तिनी मध्यरातसम्म रोइरहे र बिन्ती गरिरहे। त्यसपछि एउटा आवाजले उनलाई यसो भनिरहेको सुने, ‘छोरा, तिम्रा पापहरू क्षमा भए,’ अनि उनका पापहरूको बोझ उनका काँधबाट हटेकोजस्तो उनलाई महसुस भयो। उनी ‘हल्लेलूयाह’ भन्दै जुरुक्कै उठे’ (लियल, ऐजन, पृष्ठ ३३-३४)। उनी त्यस भवनको सुत्ने कोठामा कराउँदै र परमेश्वरको प्रशंसा गर्दै दगुरे। अब उनले सेमिनरीका आफ्ना सहपाठीहरू र शिक्षकहरूलगायत सबैलाई ख्रीष्टको आवश्यकताबारे बताउँदै हिँडे। उनले हेरी इमरसन फस्डिकलाई पनि तिनले उद्धार पाउनु आवश्यक छ भनी भने। ‘सबै येशूका निम्ति!’ यो फेरि गाउनुहोस्।
सबै येशूका निम्ति! सबै येशूको निम्ति! मेरा सब दिन र सब घडी,
सबै येशूका निम्ति! सबै येशूको निम्ति! मेरा सब दिन र सब घडी।
सेमिनरीका अध्यक्षले तिनले आफ्नो धेरै विद्वताको प्रयासले गर्दा दिमाग गुमाए कि भन्ने सोचे र तिनलाई दिमागको उपचारका निम्ति पागलखानमा राखियो। तिनी त्यस अस्पतालमा छ महिना बसे। त्यहाँ तिनलाई हातकडी लगाएर राखे। त्यस बेला तिनले बाइबल चालीस पल्ट सुरुदेखि अन्त्यसम्म पढे। ‘यसरी त्यो मानसिक अस्पताल जोन सङका निम्ति वास्तविक थिअलजिकल कलेज बन्यो’ (लियल, पृष्ठ ३८)। अन्त्यमा तिनलाई चीन देश फर्किने शर्तमा झ्यालखानबाट रिहा गरियो- अमेरिका फर्कन नपाउने भए। जोन सङले युनियन सेमिनरीसँग आफ्नो सम्बन्ध तोडे, अनि उदारवादी ईश्वरशास्त्रका पुस्तकहरूलाई ‘शैतानका पुस्तकहरू’ भन्दै ती जलाए।
समुद्री यात्रा गरी चीन देशमा फर्केपछि तिनले चीनको कुनै न कुनै युनिभर्सिटीमा रसायन विज्ञानको प्रोफेसरको जागिर पाउन सक्छन् भनी जान्दथे। ‘एक दिन पानी जहाज यात्राको टुंगोमा पुग्न लाग्दा जोन सङ तल आफ्नो कोठामा ओह्रले, आफ्नो बाकसबाट आफ्ना सबै प्रमाण-पत्रहरू, तक्माहरू र सम्बन्धका साँचाहरू निकाले अनि समुद्रमा फाले। तिनका पिताको मन राख्न तिनको डाक्टरीको प्रमाण-पत्रबाहेक अरू सबै समुद्रमा फाले’ (लियल, पृष्ठ ४०)।
डा. जोन सङ सन् १९२७ को शिशिर ऋतुमा चीन देशको अति नै प्रसिद्ध सुसमाचार प्रचारक हुनका निम्ति साङघाइको बन्दरगाहमा उत्रे। तिनलाई प्रायः ‘चीनको वेस्ली’ पनि भन्ने गरिन्छ। जोन सङ सुसमाचारको अति नै प्रभावशाली प्रचारक बने। मात्र तीन वर्षको तिनको प्रचारद्वारा चीन देशमा करिब १,००,००० भन्दा धेरै मानिसहरूले विश्वास गरे। तिनले बर्मा, कम्बोडिया, सिंगापूर, कोरिया, इन्डोनेसिया र फिलिपिन्समा पनि प्रचार गरे। तिनले चीन देशमा पनि सधैं अनुवादकको साथमा प्रचार गरे, किनकि तिनले बोल्ने भाषा सबैले जान्दैनथे। जर्ज व्हाइटफिल्डले जस्तै जोन सङले पनि तिनको प्रचार सुनेर विश्वास गर्ने धेरैलाई व्यक्तिगत रूपले परामर्श दिए। ‘आज चीन र ताइवानका ख्रीष्टियनहरू सङको सेवकाइप्रति धेरै ऋणी छन्; तिनी बीसौं शताब्दीमा सुदूर पूर्व संसारका निम्ति परमेश्वरका महान् वरदानहरूमध्ये एक थिए’ (टी. फरक, इन जे. डी. डगलस, पीएचडी., हुस हु इन क्रिश्चियन हिस्ट्री, टिनडेल हाउस, १९९२, पृष्ठ ६५०)। डा. सङको सर्वोत्तम जीवन कथा रेभ. विलियम ई. सुबर्टले लेखेका छन्, जसको शीर्षक, ‘आइ रिमेम्बर जोन सङ’ हो, त्यो www.strategicpress.org मा उपलब्ध छ। रेभ. सुबर्टको जीवन कथा किन्न यहाँ क्लिक गर्नुहोस्।. लेस्ली लियलद्वारा लिखित डा. जोन सङको जीवन कथा किन्नका निम्ति यहाँ क्लिक गर्नुहोस् (तर यो केही आलोचनात्मक भए पनि सुबर्टको जस्तो चाखलाग्दो छैन). डा. जोन सङको ‘डायरी वान्स लस्ट’ किन्नका निम्ति यहाँ क्लिक गर्नुहोस्।. डा. जोन सङसम्बन्धी विल्कीपेडियाको लेख पढन यहाँ क्लिक गर्नुहोस्।.
उनी सन् १९४४ मा, बयलीस वर्षको उमेरमा केन्सरले मरे।
‘किनभने मानिसले सारा जगत् हात पारेर आफ्नो प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ?’ (मर्कूस ८:३६)
मेरो प्रार्थना यही छ, कि तपाईंले पनि डा. सङले जस्तै साँचो हृदय परिवर्तनको अनुभव गर्न सक्नुहोस्। मेरो प्रार्थना छ, कि परमेश्वरले तपाईंको जीवन कति रित्तो छ सो देखाऊन्; अनि परमेश्वरले तपाईंलाई पापको दोषी ठहराऊन्; ख्रीष्टको प्रायश्चितको रगतद्वारा तपाईंका पापहरू पखाल्न परमेश्वरले तपाईंलाई आफूतिर खिँचून्। तपाईंले ख्रीष्टमा विश्वस गर्दा तपाईंको नयाँ जन्म हुनेछ, र उहाँमा अचम्मको नयाँ जीवन पाउनुहुनेछ। म प्रार्थना गर्छु, तपाईंहरू आज बेलुकी ६:१५ मा “जोन सङसँग उदारवादी सेमिनरीमा” नामक अर्को सन्देश सुन्न आउनुहोस् भनी प्रार्थना गर्दछु (त्यो पढनका निम्ति यहाँ क्लिक गर्नुहोस्)। आमिन। कृपया खडा भएर तपाईंको भजनहरूको सूचीबाट एक नम्बर भजन गाउनुहोस्, ‘येशूले पूरै तिर्नुभयो।’
सुन्छु, उद्धारकर्ताले भनेका, ‘तिम्रो बल साँच्चै थोरै छ
कमजोर बालक जागा रहो प्रार्थना र, पाउ ममा तिम्रो सर्वस्व।’
येशूले पूरै ति्नुभयो, म छु ऋणी उहाँको,
पापले छोडेको सिन्दूरे दाग, धुनुभो पारेर हिउँझैं सेतो।
प्रभु पाउँछु साँच्चै तपाईंको शक्ति र तपाईंमा मात्र,
बदलिन्छ कोरीका दागहरू, पग्लाउँछ ढुंगाको हृदय।
येशूले पूरै ति्नुभयो, म छु ऋणी उहाँको,
पापले छोडेको सिन्दूरे दाग, धुनुभो पारेर हिउँझैं सेतो।
(‘जिजस पेड ईट अल,’ एल्भिन एम. हल, १८२०-१८८९)
जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.
(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।
सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('अल फर जिजस,' मेरी डी. जेम्सद्वारा रचित, १८१०-१८८३)