यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।
यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्।
जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net ।
एउटा आत्मालाई कसरी ख्रीष्टमा डोऱ्याउने –
|
येशूले भन्नुभयो एक व्यक्ति परिवर्तन हुनैपर्छ- परिवर्तन प्राप्त गर्नुपर्छ- नत्र ऊ स्वर्ग जान सक्दैन। ‘परिवर्तन’ भनी अनुवाद गरिएको ग्रीक शब्द ‘इपिसट्रिफो’ हो। यसको अर्थ ‘फर्किनु’ हो। यो भनेको पापीहरूले गर्ने प्रार्थना गर्नु वा हातहरू उठाउनु होइन। यो हृदय परिवर्तन हुनु हो, जसद्वारा परमेश्वरले एक पापीलाई नयाँ जन्म दिनुहुन्छ। येशूले निकोदेमसलाई भन्नुभयो, ‘कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन’ (यूहन्ना ३:३)। फेरि ख्रीष्टले भन्नुभयो, ‘तिमीहरू नयाँ गरी जन्मनु पर्छ’ (यूहन्ना ३:७)। यो पूर्ण रूपले हृदय परिवर्तन हुनु हो। बाइबलले भन्छ, ‘कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ’ (२ कोरिन्थी ५:१७)। यो पापीहरूले गर्ने प्रार्थना गर्नु मात्र होइन। यो हृदय परिवर्तन हो! आज बिहान म एक जना पापीलाई ख्रीष्टमा ल्याउने विषयमा परामर्श दिनेबारे चर्चा गर्नेछु।
हृदय परिवर्तन भनेको के हो? हामी के होस् भन्ने चाहन्छौं? एक जना पापीलाई हृदय परिवर्तनको आवश्यकता हुन्छ, निर्णय को होइन। चार्ल्स फिन्नी (१७९२-१८७५) को समयदेखि यता संसारका धेरैवटा मण्डलीहरूमा ‘निर्णयवाद’ ले हृदय परिवर्तनको स्थान लिएको छ। लाखौं मानिसहरूले येशूमा विश्वास गर्ने निर्णय गरेका छन्, तर तिनीहरूका हृदय परिवर्तन भएका छैनन्।
‘निर्णयवाद’ के हो? हृदय परिवर्तन के हो? डा. हिमर्स र मेरा पिता, डा. केगनद्वारा लिखित पुस्तक टुडेज एपोस्टेसी बाट यसको परिभाषा म बताउँछु।
निर्णयवाद अनुसार एक जना व्यक्ति अगाडि आउँदा, उसले हात उठाउँदा, प्रार्थना भन्दा, सिद्धान्तमा विश्वास गर्दा, स्वमित्व समर्पण गर्दा, वा त्यसै अरू केही बाहिरी, मानवीय कार्य गर्दा उसको उद्धार हुन्छ भनी विश्वास गरिन्छ, त्यसो गर्नुलाई भित्र हुने अचम्मको परिवर्तनजस्तै वा त्यसको प्रमाण मानिन्छ; यो त्यस्तो विश्वास हो जसले एक व्यक्तिले बाहिरी रूपमा निर्णय लिँदा पनि उसको उद्धार हुन्छ भन्ने मानिन्छ, उपरोक्त कुनै एउटा कार्य गर्दा त्यस व्यक्तिले उद्धार पाएको देखाउँछ भनी भन्दछ।
हृदय परिवर्तन पवित्र आत्माले गर्नुहुने कामको नतिजा हो, जुन बेला उहाँले हराएको एक पापीलाई धर्मी ठहराउन र पुनर्जन्मका निम्ति येशू ख्रीष्टतिर खिँच्नुहुन्छ, अनि परमेश्वरको सामुन्ने त्यस पापीको स्थिति बदलाउनुहुन्छ, त्यस भ्रष्ट आत्मालाई ईश्वरीय जीवन दिनुहुन्छ, यसरी त्यो नयाँ विश्वासीलाई जीवनमा एउटा नयाँ दिशा दिनुहुन्छ। उद्धारको वास्तविक उद्देश्य धर्मी ठहराउनु हो। उद्धारको व्यक्तिगत पक्ष पुनर्जन्म हो। यही नै हृदय परिवर्तनको परिणाम हो। (टुजेड एपोस्टेसी, पृष्ठ १७,१८)
निर्णय लिनु भन्ने कुरा मानिसले गर्ने काम हो, जुन जोसुकैले र कुनै पनि समयमा लिन सक्छ। हृदय परिवर्तन ईश्वरीय कार्य हो जसले मानिसको जीवन र उसको अनन्त लक्ष्यलाई सधैंका परिवर्तन गर्छ।
एउटा आत्मालाई परिवर्तन गराउनुभन्दा निर्णय गर्ने व्यक्ति भेट्टाउनु धेरै सजिलो हुन्छ। एक जना प्रचारकले ‘निर्णय’ लिनेहरूको ठूलो संख्या प्राप्त गर्न सक्छ। तपाईं निर्णय गर्नेहरू जहीँ पनि, जुनै समयमा पनि भेट्टाउन सक्नुहुन्छ। तपाईं घरको ढोकामा, विमानमा वा जुनै पनि ठाउँमा मानिसहरूलाई पापीहरूले गर्ने प्रार्थना गर्न लगाउन सक्नुहुन्छ। तपाईं तिनीहरूको संख्या गन्ती गर्न सक्नुहुन्छ, तर सायद तिनीहरूलाई फेरि कहिल्यै पनि भेट्नुहुन्न। तिनीहरूले निर्णय त गर्छन्, तर हृदय परिवर्तनको अनुभव गरेका हुँदैनन्।
हृदय परिवर्तन हुनका निम्ति धेरै जना मानिस मण्डलीमा आउनुपर्छ, र सुसमाचार बुझ्न र ख्रीष्टमा विश्वास गर्नका निम्ति धेरैचोटि सुसमाचार सुन्नुपर्छ। केही मानिसहरू तिनीहरूका हृदय परिवर्तन हुनुभन्दा अघि धेरै महिना र वर्षसम्म मण्डलीमा आउँछन्।
मानिसहरूलाई ख्रीष्टमा डोऱ्याउनका निम्ति तिनीहरूले तपाईंको निमन्त्रणा स्वीकार गरेपछि तपाईं आफैले तिनीहरूसँग व्यक्तिगत रूपमा कुराकानी गर्नुपर्छ। तिनीहरूलाई अर्को ठाउँमा लैजानुहोस्, जहाँ तपाईं तिनीहरूसँग बातचीत गर्न सक्नुहुन्छ। तिनीहरूलाई झट्टै प्रार्थना गर्न लगाउनुहोस्। पापीहरूले गर्ने प्रार्थना गर्नु येशूमा विश्वास गर्नुजस्तै होइन। हातहरू उठाउनु, अगाडि जानु वा बप्तिस्मा लिनु येशूमा विश्वास गर्नुजस्तै होइन। त्यस्ता कुराहरू गर्नुले त्यस व्यक्तिले येशूमा विश्वास गरेको प्रमाण दिँदैन। येशूमा विश्वास गर्नु आफैमा एउटा भिन्नै, अनौठो र विशेष कुरा हो। येशूमा विश्वास गर्नु भनेको येशूमा विश्वास गर्नु हो।
एक जना व्यक्तिलाई ख्रीष्टमा विश्वास गर्न डोऱ्याउन र साँचो हृदय परिवर्तनको अनुभव गराउन समय, कोसिस, भित्रिय जानकारी, प्रार्थना र परमेश्वरको अनुग्रह चाहिन्छ। डा. हिमर्स र डा. केगनले तीस वर्षभन्दा धेरै समयदेखि मानिसहरूलाई हृदय परिवर्तनका निम्ति परामर्श दिँदैआएका छन्। उनीहरूले सिकेका केही कुराहरू यी हुन्।
१. पहिलो, पास्टरहरूले पापीहरूका कुरा सुन्नुपर्छ।
प्रायः सुसमाचारवादी प्रचारकहरूले जस्तै तपाईं पापीहरूले सुसमाचार बुझिसकेका छन् भन्ने नसोच्नुहोस्। तपाईंले तिनीहरूका कुरा सुन्नुपर्छ र उसले के विश्वास गर्छ त्यो पत्ता लगाउनुपर्छ। उसको धार्मिक पृष्ठभूमि जान्नुपर्छ? उसले येशूको बारेमा कस्तो के विश्वास गर्छन्? के उसले ख्रीष्ट एक आत्मा हुनुहुन्छ भनी विश्वास गर्छ? के उसले ख्रीष्टले उसको हृदयमा अघिबाटै वास गर्नुभएको छ भनी सोच्छ? के उसले येशू उसँग रिसाउनुभएको छ भन्ने सोच्छ? उसले स्वर्ग जान्छु भनी सोच्छ कि सोच्दैन? उसले के-कस्तो सोच्छ त्यो जान्नुहोस्। अनि उसलाई सत्य कुरा बताउनुहोस् र उसलाई सत्य ख्रीष्टमा डोऱ्याउनुहोस्।
पापीहरू कसरी जिउँछन्? के कुनै यस्तो कुरा छ, जसले उसलाई ख्रीष्टियन जीवन जिउन रोकिरहेको छ- छाडा पुस्तक-पुस्तिका, फिल्म आदि, व्यभिचार, वा परिवारका सदस्यहरूको विरोध? पापीहरूले उद्धार पाउनका निम्ति आफैलाई सिद्ध बनाउनु पर्दैन- तिनीहरूले बनाउन पनि सक्दैनन्। तर जो जानीजानी र लगातार गम्भीर पापमा लागिरहन्छ उसले ख्रीष्टमा विश्वास गरेको हुँदैन। बरु उसले आफैमा भरोसा राखेको हुन्छ।
यदि तपाईंले पापीहरूको कुरा सुन्नुभएन भने तिनीहरूलाई सहायता गर्न सक्नुहुनेछैन। त्यो पापी व्यक्ति तपाईंसँग बातचीत गर्नु किन आएको छ सो पत्ता लगाउनुहोस्। येशूले उसका निम्ति के गरिदिनुभएको चाहन्छ? ऊ किन आएको छ? एक जना व्यक्तिले येशूले उसलाई नोकरी दिऊन् भन्ने चाहन्थ्यो। तर त्यो उद्धार होइन। यदि येशूले उसलाई नोकरी दिनुभयो भने पनि ऊ हराएकै अवस्थामा हुन्छ। त्यो व्यक्तिले येशूको रगतद्वारा उसको पाप क्षमा होस् भन्ने इच्छा गर्नुपर्छ।
२. दोस्रो, पापीहरूले येशू ख्रीष्टको बारेमा गल्तीहरू गर्छन्।
पापीहरूले येशूको विषयमा के विचार गर्छन्? उसलाई सोध्नुहोस्, ‘अहिले येशू कहाँ हुनुहुन्छ?’ बाइबलले भन्छ, येशू स्वर्गमा पिता ‘परमेश्वरको दाहिने बाहुलीतर्फ’ हुनुहुन्छ (रोमी ८:३४)। तर हराएको अवस्थामा भएका धेरै जना ब्याप्टिस्टहरू येशू अघिबाटै तिनीहरूका हृदयमा हुनुहुन्छ वा उहाँ हावामा तैरिने आत्मा हुनुहुन्छ भन्ने सोच्छन्। येशू कहाँ हुनुहुन्छ भन्ने कुरा थाहा नपाई तपाईं उहाँकहाँ आउन सक्नुहुन्न।
त्यस पापी व्यक्तिलाई सोध्नुहोस, ‘येशू को हुनुहुन्छ? धेरै जना मानिसहरू उहाँ एक मानिस, इतिहासका महान् शिक्षकहरूमध्ये एक हुनुहुन्छ भन्ने सोच्छन्। तर त्यस येशूले कसैलाई पनि बचाउन सक्दैन। केही मानिसहरू उहाँ आत्मा हुनुहुन्छ भन्ने सोच्छन् वा येशू पवित्र आत्मा हुनुहुन्छ भन्ने सोच्छन्। तर ख्रीष्ट आत्मा हुनुहुन्न। बाइबलले भन्छ, येशू मरेकोबाट फेरि जीवित हुनुभएपछि,
‘तिनीहरू तर्से, र डरले आत्तिए, र ‘हामीले त प्रेत देखिरहेछौं’ भन्ने सम्झे। तर उहाँले तिनीहरूलाई भन्नुभयो, ‘तिमीहरू किन विचलित हुन्छौ, र तिनीहरूका हृदयमा किन शंका उत्पन्न हुन्छ? मेरा हात र मेरा पाउहरू हेर, म नै हुँ, मलाई छोएर हेर। किनकि प्रेतको मासु र हाड हुँदैन, तर तिमीहरू देख्छौ, मेरा त छन्।’ यसो भन्नुभएपछि उहाँले तिनीहरूलाई आफ्ना हात र पाउ देखाउनुभयो। तर खुशीले पत्यार गर्न नसकी तिनीहरू छक्क पर्दा उहाँले तिनीहरूलाई भन्नुभयो, ‘के तिमीहरूसित यहाँ केही खानेकुरो छ? तिनीहरूले पकाएको माछाको एक टुक्रा उहाँलाई दिए। अनि उहाँले त्यो लिएर तिनीहरूकै सामुन्ने खानुभयो।’ (लूका २४:३७-४३)
उहाँ मरेकोबाट जीवित हुनुभएपछि येशूले खानुभयो। प्रेतले त खाँदैन। प्रेतको मासु र हड्डीहरू हुँदैनन्, जस्तो ख्रीष्टको थियो। अनि प्रेतमा साथै पवित्र आत्मामा पनि पापहरू पखाल्ने रगत हुँदैन।
त्यस पापी व्यक्तिलाई सोध्नुहोस्, ‘के येशू तपाईंसँग रिसाउनुभएको छ?’ धेरै जना क्याथोलिक र अरूहरू उहाँ रिसाउनुभएको छ भन्ने सोच्छन्। तिनीहरू ‘रिसाउनुभएका’ ख्रीष्टमा विश्वास गर्छन्- जो नयाँ करार बाइबलका येशू हुनुहुन्न। बाइबलले भन्छ, येशूले पापीहरूलाई प्रेम गर्नुहुन्छ। उहाँले क्रूसमा टाँगिएको त्यस चोरलाई र व्यभिचारमा पक्राउ परेकी स्त्रीलाई क्षमा गर्नुभयो। कुनै पापीले उसँग रिसाएको व्यक्तिमाथि कसरी विश्वास गर्न सक्छ? यस्ता गल्तीहरू सच्याउनुहोस् र त्यस पापीलाई वास्तविक येशू देखाउनुहोस्।
३. तेस्रो, पापीहरूले उद्धार पाउने विषयमा गल्ती गर्छन्।
उद्धार पाउने विषयमा तीन किसिमका मुख्य गल्तीहरू छन्। धेरै जना पापीहरू तिनीहरूले ती तीनमध्ये कुनै एउटा गरे वा तिनीहरूले तीमध्ये एउटा गरेका छन् भने उद्धार पाउनेछन्, त्यो उद्धार पाएको प्रमाण हो भनी सोच्छन्। पापीहरूले उद्धार पाउनका निम्ति ख्रीष्टको बदली भरोसा राख्ने ती तीन कुराहरू निम्न हुन्।
शारीरिक कार्यः बप्तिस्मा लिने, अगाडि जाने, हात उठाउने, प्रभु मान्ने समर्पण, केही पापहरू त्याग्ने (यसो गर्नु बाइबलीय पश्चात्ताप होइन, बाइबलीय पश्चात्ताप मनको परिवर्तन हो), वा पापीले गर्ने प्रार्थना गर्ने। यी सबै मानिसले गर्ने कार्यहरू हुने जसले उद्धार गराउँदैन। बाइबलले भन्छ, ‘हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपाअनुसार उहाँले हामीलाई मुक्ति दिनुभयो।’ (तीतस ३:५)
दिमागी कार्यः येशूको विषयमा वा वा उद्धार पाउने विषयमा सही विचारहरू हुनु वा विश्वास गर्नु। पापीहरू प्रायः यसो भन्ने गर्छन्, ‘म विश्वास गर्छु, कि येशू मेरा पापका निम्ति क्रूसमा मर्नुभयो।’ तर करोडौं मानिसहरू त्यस कुरामा विश्वास गर्छन्। यहाँसम्म कि शैतानले पनि येशू क्रूसमा मरेर फेरि जीवित हुनुभएका परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ। शैतानले त्यो देखेको थियो। बाइबलले भन्छ, ‘भूतात्माहरू (शैतान) पनि विश्वास गर्छन् र थरथर काम्छन्’ (याकूब २:१९)। पापीले स्वयम् येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ, उहाँसम्बन्धी सत्य कुराहरूमा होइन।
भावनात्मक कार्यः भावनाहरू र अनुभवहरूले ख्रीष्टलाई नखोजेर ‘आश्वासन्’ खोज्दछन्, वा जीवनमा राम्रो अनुभव खोज्छन्। भावनाहरू तल-माथि भइरहन्छन्। सबै व्यक्तिमा नराम्रा विचार र भावनाहरू हुन्छन्। पापीले यो कुरा जान्दछ। ऊ आफैले पनि त्यस्तो अनुभव प्राप्त गरेको हुन्छ। यदि तपाईं आफ्ना भावनाहरूमा भर पर्नुभयो भने, तपाईं जीवनभरि आफूले उद्धार पाएको फेरि त्यो गुमाएको, गुमाएको फेरि पाएको छु भनी सोच्नुहुन्छ। उद्धार केवल ख्रीष्टमा मात्र छ, भावनाहरूमा होइन। एउटा सुन्दर पुरानो भजनले भन्छ,
मेरो आशा कुनै कमजोर कुरामा छैन
येशूको रगत र धार्मिकताभन्दा
म सुन्दर भावनाहरूमा भरोसा गर्दिनँ
तर पूर्ण भरपर्छु येशूको नाउँमा
ख्रीष्ट बलियो चट्टानमा हुन्छु खडा
अरू सबै जग हो भास्सिने बालुवा
अरू सबै जग हो भास्सिने बालुवा
(‘द सलिड रक,’ एडवर्ड मोटेद्वारा रचित-१७९७-१८७४)
यस्ता गल्तीहरू सच्चाउनुहोस् र त्यस पापीलाई येशूको रगतद्वारा पापको क्षमा पाउन सीधै उहाँलाई देखाउनुहोस्।
धेरैवटा झुटा विचारहरूमा ख्रीष्टको कुरा गरिन्छ, तिनीहरू ‘उहाँलाई कुनै थोकको मुन्तिर’ वा ‘कुनै थोकद्वारा भएर’ प्रस्तुत गर्छन्। केही मानिसहरू सोच्छन्, यदि तपाईंको बप्तिस्मा भएको छ भने तपाईंले ख्रीष्टमा उद्धार पाउनुहुन्छ। यस्तो विचारले ख्रीष्टलाई बप्तिस्माको ‘मुनि’ वा ‘द्वारा’ बनाउँछ। धेरै जना मानिसहरू यदि तपाईंले पापीहरूले गर्ने प्रार्थना गर्नुभयो भने तपाईं उद्धार पाउनुहुन्छ भन्ने सोच्छन्, त्यो प्रार्थना गर्नु येशूमा विश्वास गर्नुजस्तै हो भन्छन्। यसैले तिनीहरू आफूलाई महत्त्वपूर्ण लागेको प्रार्थना मानिसहरूलाई गर्न लगाउँछन्, तर त्यसरी प्रार्थना गर्नेहरूमा थोरैले मात्र येशूमा विश्वास गरेका र हृदय परिवर्तन भएको हुन्छ। यसो गर्नु भनेको ख्रीष्टलाई प्रार्थनाका शब्दहरूको ‘मुनि’ वा ‘द्वारा’ राख्नु हो। बाइबलले भन्छ, ‘येशू ख्रीष्ट आफै मुख्य कुनेढुंगो हुनुहुन्छ’ (एफिसी २:२०), पापीले गर्ने प्रार्थनाका शब्दहरू होइन। पापी व्यक्तिलाई स्वयम् येशू ख्रीष्टमा भरोसा राख्नुपर्छ भनी देखाउनुहोस्।
मानिसहरूले एउटादेखि अर्को गल्ती गरेका मैले देखेको छु। तिनीहरू सुरुमा भावनाहरू हेरेर सुरु गर्न सक्छन्। अर्कोचोटि तिनीहरू भन्छन्, ‘ममा त्यस्तो कुनै भावना छैन। म यो विश्वास गर्छु कि ख्रीष्ट मेरो निम्ति मर्नुभयो।’ यसरी पापी व्यक्ति भावना खोज्ने गल्तीबाट येशूको विषयमा सत्यतामाथि विश्वास गर्ने गल्ती तिर बढदछ। त्यस पापीलाई त्यस्ता झूटा विचारहरूबाट बाहिर निकाल्नुहोस् र उसलाई ख्रीष्ट देखाउनुहोस्।
४. चौथो, पापीहरूले तिनीहरूका हृदयका पापका निम्ति दोषी महसुस गर्नुपर्छ।
पापीहरूले तिनीहरूका हृदयका पापका निम्ति आफूलाई दोषी महसुस गर्नुपर्छ। सबै मानिसले आफू कुनै न कुनै प्रकारले पापी भएको कुरा स्वीकार गर्छन्। सबैले तिनीहरू सिद्ध नभएको, र आफूले केही गल्ती गरेको स्वीकार गर्छन्। मैले यहाँ त्यस विषयमा कुरा गरेको होइन।
मैले कुनै वास्तविक वा विशेष पापहरू थाहा पाउने विषयमा कुरा गरेको होइन। हो, पापीले धेरैवटा पापहरू गरेको हुन्छ। तर ती पापहरूको बारेमा विचार गरेर मात्र उसले उद्धार पाउँदैन। यदि तपाईंले विशेष पापहरूको सूची हेर्नुभयो भने पापी व्यक्तिले यस्तो सोच्न सक्छ, ‘मैले त त्यस्ता पापहरू गरेको छैनँ, यसैले मैले त उद्धार पाउनु पर्ने हो।’ वा उसले यस्तो सोच्छ, ‘म त्यस्ता कार्यहरू गर्न छोड्छु, र त्यसले मैले उद्धार पाएको छु भन्ने देखाउँछ।’
पाप भन्ने कुरा त्योभन्दा अझ गहिरो हुन्छ। प्रत्येक व्यक्ति भित्रबाट पापी हुन्छ, किनकि उसले आदमबाट पापको स्वभाव प्राप्त गरेको हुन्छ। प्रत्येक व्यक्तिमा दुष्ट हृदय हुन्छ। बाइबलले भन्छ, ‘मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, र त्यसलाई निको पार्न सकिँदैन’ (यर्मिया १७:९)। प्रत्येक पापी व्यक्ति भित्रबाट स्वार्थी हुन्छ। प्रत्येक पापी उसको हृदयमा परमेश्वरको विरोधी हुन्छ। यो एक व्यक्तिले गरेको कुनै विशेष पापभन्दा अझ गहिरो हुन्छ। तिनीहरू जे हुन्, त्यस्तै कुरा तिनीहरूबाट गरिन्छ। एक जना पापीले गर्ने कुराभन्दा अझ गहन रूपमा उसको हृदय, उसको सम्पूर्ण अस्तित्व पापमय र स्वार्थी हुन्छ। एक पापीले उसको आफ्नै हृदयको पाप महसुस गर्नुपर्छ। तपाईंले प्रचार गर्नुहुँदा, र सन्देश प्रचार गरिसकेर उसँग बातचीत गर्दा उसको हृदयको पापको बारेमा उसलाई भन्नुहोस्।
जसरी एउटा बाख्राले आफूलाई परिवर्तन गरी भेडा बनाउन सक्दैन त्यसरी नै एक जना पापीले उसको आफ्नै हृदय परिवर्तन गर्न सक्दैन। ऊ हराएको छ र उसले आफैलाई बचाउन सक्दैन भनेको यही हो। ऊ आफैले ख्रीष्टमा विश्वास गर्न सक्दैन। परमेश्वरले मात्र उसलाई ख्रीष्टतिर खिँच्न सक्नुहुन्छ। ख्रीष्टले भन्नुभयो, ‘मलाई पठाउनुहुने पिताले खिँच्नुभएन भने कोही मकहाँ आउन सक्दैन’ (यूहन्ना ६:४४)। यसलाई ‘सुसमाचारको अर्को रूप’ भनिन्छ- पापी ख्रीष्टकहाँ आउनै पर्छ, तर उसले त्यसो गर्न सक्दैन। आफैलाई बचाउन उसले केही पनि गर्न सक्दैन। जसरी बाइबलले भन्छ, ‘उद्धार परमप्रभुबाटै हुन्छ’ (योना २:९)। पापी व्यक्ति यशैयाजस्तो हुनुपर्छ, जसले भने, ‘धिक्कार! म नष्ट भएँ’ (यशैया ६:५)। उसलाई उसको हृदयको पाप देखाउनुहोस्। उसले आफैलाई बचाउन सक्दैन भनी देखाउनुहोस्। उसलाई कृपाको खाँचो छ भनी देखाउनुहोस्। तब ऊ ख्रीष्टकहाँ आउन सक्छ।
५. पाँचौं, यदि त्यो पापी व्यक्तिले उसको हृदयको पापका निम्ति दोषी महसुस गर्छ भने, उसलाई ख्रीष्टमा डोऱ्याउने कोसिस गर्नुहोस्।
मसँग बातचीत गर्न आउने प्रत्येकलाई म ख्रीष्टमा डोऱ्याउँदिनँ! कोही-कोही मानिसहरू उत्सुक मात्र हुन्छन्। तिनीहरू आफ्ना पापहरू क्षमा होऊन् भन्ने चाहँदैनन्। अरू मानिसहरू अरूहरू आएका देखेकोले मात्र आउँछन्। कुनै-कुनै मानिसलाई तिनीहरूका पापको ज्ञान र परमेश्वरले सम्झाउनुभएको कुरा थाहा हुँदैन। त्यसै रगांलिहिँडने मानिसहरूलाई ख्रीष्टमा विश्वास गर्ने प्रार्थना गराउँदा झूटो परिवर्तन मात्र हुँदछ। एक जना व्यक्तिले ख्रीष्टमा विश्वास गरेको कुन कुराले देखाउँछ?
पापी व्यक्तिले हाम्रो मण्डलीकी एउटी केटीले भनेकी जस्तो ‘आफैलाई घृणा गर्नुपर्छ।’ ऊ ‘आफैसँग दिक्क’ हुनुपर्छ। ऊ ‘आफैमा अन्तिम अवस्थामा’ पुग्नुपर्छ। यशैया आफैमा अन्तिम अवस्थामा पुगे र भने, ‘धिक्कार! म नष्ट भएँ’ (यशैया ६:५)। तब ख्रीष्टमा विश्वास गर्नु धेरै सजिलो हुन्छ। तिनले केही कुरा सिक्ने कोसिस गरिरहेका थिएनन्। तिनलाई बचाउन ख्रीष्टको खाँचो छ।
पापी व्यक्तिले स्वयम् ख्रीष्टमा विश्वास गर्नुपर्छ। पापीलाई सोझै येशू ख्रीष्ट र उहाँको रगतद्वारा पाप क्षमा हुन्छ भनी देखाउनुहोस्। तपाईं त्यस व्यक्तिलाई सरल प्रार्थना गर्न अगुवाइ गर्न सक्नुहुन्छ, जस्तै ‘हे येशू, म तपाईंमा विश्वास गर्छु, तपाईंको रगतले मेरा पापहरू पखालिदिनुहोस्।’ वा त्यहाँ कुनै प्रार्थना नहुन पनि सक्छ, बरु ख्रीष्टको रगतद्वारा पाप क्षमा पाउन सीधै उहाँमा आउनुपर्ने हुन सक्छ। पापीले प्रार्थना गर्नु आवश्यक पर्दैन। पापीले येशूलाई उसको मनमा कल्पना गर्नुपर्दैन। शब्दहरू ‘ठीक-ठीक’ हुनुपर्दैन। कतिजना मानिसले शब्दहरू कण्ठ गर्छन्- त्यही दोहोऱ्याउँछन्, ठीक-ठीक शब्दहरू त भन्छन्, तर ख्रीष्टमा विश्वास गर्दैनन्। क्रूसमा टाँगिएको चोरले ठीक-ठीक शब्दहरू भनेन। त्यसले यति मात्र भन्यो, ‘हे प्रभु, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्’ (लूका २३:४२)। तर त्यसले आफू एक आशारहित मानिस हो भनी जान्दथ्यो र ख्रीष्टतिर फर्क्यो। यो त्यस्तै सरल थियो! प्रभुले त्यसलाई भन्नुभयो, ‘आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ’ (लूका २३:४३)। स्वयम् ख्रीष्टमा विश्वास गर्नु शब्दहरू भन्नुभन्दा महत्त्वपूर्ण कुरा हो।
६. छैटौं, तपाईंले पापी व्यक्तिसँग बातचीत गर्नुभएपछि उसलाई केही सरल प्रश्नहरू गर्नुहोस्।
उसलाई सोध्नुहोस्, ‘के तपाईंले येशूमा विश्वास गर्नुभएको छ?’ यदि उसले ‘गरेको छैन’ भन्छ भने उसित फेरि बातचीत गर्नुहोस्। यदि उसले ‘गरेको छु’ भन्छ भने उसले येशूमा कहिले विश्वास गरेको हो सोध्नुहोस्। यदि उसले ‘मेरो जीवनभरि विश्वास गरेको छु’ वा ‘धेरै वर्षअघि उहाँलाई विश्वास गरेको हो’ भन्यो भने उसको हृदय परिवर्तन भएको हुँदैन।
यदि उसले ‘अहिले भर्खरै विश्वास गरेँ’ भन्छ भने उसले के गऱ्यो सोध्नुहोस्। उसको आफ्नै शब्दहरूमा उसले कसरी विश्वास गऱ्यो त्यो भन्न लगाउने कोसिस गर्नुहोस्। मानिसहरूको हृदय परिवर्तन नभए पनि तिनीहरूले ‘मण्डलीका शब्दहरू’ कण्ठ गर्न र त्यही शब्दहरू भन्न सक्छन्। त्यस पापी व्यक्तिले विश्वास गरेको बेला के गऱ्यो? के उसले येशूको बारेमा केही कुरामाथि विश्वास गऱ्यो? के उसले भावनाहरूमा विश्वास गऱ्यो? वा के उसले सीधै स्वयम् ख्रीष्टमा विश्वास गऱ्यो?
उसलाई सोध्नुहोस्, ‘येशू ख्रीष्टले तपाईंको निम्ति के गर्नुभएको छ?’ यदि उसले ख्रीष्टले उहाँको रगतद्वारा उसका पापहरू क्षमा गर्नुभएको कुरा गर्दैन, तर आफ्नै विचार वा भावनाहरू वा असलपनको कुरा गर्छ भने उसले उद्धार पाएको हुँदैन।
उसलाई सोध्नुहोस्, ‘यदि तपाईं आज मर्नुभयो भने तपाईं स्वर्ग कि नरक जानुहुनेछ?’ यदि उसले ‘स्वर्ग’ भन्यो भने, उसलाई सोध्नुहोस्, किन? यदि परमेश्वरले उसलाई किन स्वर्ग पठाउनुपर्छ भनी सोध्नुभयो भने उसले के भन्नेछ? यदि उसले असल कार्यहरूको वा ख्रीष्ट र उहाँको रगतबाहेक अरू नै थोकको कुरा गर्छ भने उसले उद्धार पाएको हुँदैन! त्यसपछि सोध्नुहोस्, ‘अबको एक वर्षपछि तपाईंको मनमा खराब विचारहरू आयो र तपाईं मर्नुभयो भने तपाईं कहाँ जानुहुनेछ?’ यदि उसले ‘नरक’ भन्यो भने उसले ख्रीष्टमा होइन तर असल बन्ने कुरामा भरोसा गरिरहेको हुन्छ। अनि तपाईं सोध्न सक्नुहुन्छ, ‘अबको एक वर्षपछि यदि तपाईंले मण्डली छोडेर जानुभयो र कहिल्यै फर्केर आउनुभएन, अनि विहे नगरी एउटा पुरुष वा एउटी स्त्रीसँग बस्नुभयो, उसँग यौनसम्पर्क गर्नुभयो, प्रत्येक दिन मादक औषधी खानुभयो, तपाईं ख्रीष्टियन नै रहनुहुन्छ कि हुन्न? यदि उसले ‘रहन्छु’ भन्यो भने उसको पापको समस्या समाधान भएको हुँदैन, ऊ अझै पनि हराएकै अवस्थामा हुन्छ।
उसलाई ‘मैले येशूमा विश्वास गरेँ’ मात्र भन्न लगाउनका निम्ति प्रश्न नगरेर उसले येशूमा विश्वास गरेको बेला के गऱ्यो त्यो पनि भन्न लगाउनुपर्छ। तपाईंले उसले विश्वास गरेको समयको बारेमा सुन्नुपर्छ, उसको सम्पूर्ण जीवन कथा वा त्यो दिन भएको सबै कुरा होइन। म विशेष किसिमको विचार वा भावनाहरू खोज्दिनँ। तर उसले स्वयम् ख्रीष्टमा विश्वास गरेकोले उसले गरेका पापहरू र ख्रीष्टको रगतद्वारा ती क्षमा भएका बारेमा सुन्न चाहन्छु। अनुभवहरू मानिसैपिच्छे फरक-फरक हुन सक्छन्। म सत्यता खोज्छु, त्यो व्यक्तिले भनेको कुरामा सत्यता खोज्छु।
यदि त्यो व्यक्तिले गल्ती गरेको छ भने, त्यो गल्ती सच्याउनुहोस्, र उसलाई फेरि सम्झाउनुहोस्। तर कुनै व्यक्तिले घरीघरी एउटै गल्ती गरिबस्छ भने जीवन परिवर्तन गर्न उसको रुचि छैन भन्ने बुझिन्छ। जसलाई परमेश्वरले उद्धार पाउनका निम्ति खिँचिरहनुभएको हुन्छ तिनीहरूले सन्देश र तपाईंको सल्लाह सुन्नेछन्। नसुन्नेहरूको हृदय परिवर्तन हुँदैन।
तपाईंले कुरा गरेपछि पनि कुनै व्यक्तिले उद्धार नपाए उदास नहुनुहोस्। पहिलोचोटि सुसमाचार सुन्दा थोरैको मात्र हृदय परिवर्तन हुन्छ, तर धेरैको हुँदैन। धेरै जना मानिस बारम्बार आएपछि मात्र ख्रीष्टमा विश्वास गर्छन्।
प्रत्येक व्यक्तिलाई एकचोटि मात्र होइन, धेरैचोटि जाँच्नुहोस्। मानिसहरूलाई तुरुन्तै बप्तिस्मा नदिनुहोस्। तिनीहरूलाई कम्तीमा एक वर्ष पर्खन लगाउनुहोस् र आज मण्डलीले विश्वास त्याग गरेको हाम्रो समयमा दुइ वर्ष पर्खन लगाउनु राम्रो हुन्छ। यसो गर्दा तपाईं तिनीहरूका विश्वास साँचो हो कि होइन भनी जान्न सक्नुहुन्छ। त्यस अवधिमा तपाईं त्यो व्यक्तिलाई विभिन्न प्रकारले जाँच्न सक्नुहुन्छ। मण्डलीको सेवापछि उसको जीवन गवाही सोध्न सक्नुहुन्छ। धेरै हप्ता वा धेरै महिनापछि त्यो सोध्न सक्नुहुन्छ। ख्रीष्टमा विश्वास नगर्नेहरूले आफ्नो ‘जीवन गवाही’ भुल्नेछन् अनि एक वा दुइ वर्षपछि गल्तीहरू गर्नेछन्। तिनीहरूले ‘पास’ हुन र स्वीकार गरिन मात्र चाहेका हुन्छन्, तर येशूमा विश्वास गरेका हुँदैनन्। अरूहरूले केही शब्दहरू कण्ठ गरेर त्यही भन्न सक्छन्, तर तपाईंले भिन्नै समयमा भिन्नै प्रकारले सोध्नुभयो भने के भन्नुपर्छ त्यो तिनीहरू जान्दैनन्, किनकि तिनीहरूमा येशूमा विश्वास गर्दा हुने व्यक्तिगत अनुभव हुँदैन।
उसको विचार र आचरण हेर्नुहोस्। तपाईंको मण्डली छोडेर जाने र तपाईंको कुरा सुन्न नचाहने व्यक्तिले ऊ पापको विषयमा गम्भीर थिएन र येशूमा विश्वास गर्दैनथ्यो भन्ने देखाउँछ। जुन व्यक्तिले मण्डली र ख्रीष्टियन जीवनको विषयमा निरन्तर खराब आचरण देखाउँछ उसले पापको विषयमा ऊ गम्भीर थिएन र उसले ख्रीष्टमा विश्वास गर्दैनथ्यो भन्ने देखाउँछ।
७. सातौं, परामर्श सेवकाइको साँचो जाँच याद राख्नुहोस्।
परामर्श सेवाको साँचो जाँच यो होः के तपाईं एक जना व्यक्तिलाई उसले ख्रीष्टमा विश्वास गरेको थिएन र त्यो दिन उसको हृदय परिवर्तन भएको थिएन भनी भन्नु सक्नुहुन्छ? के तपाईं एक जना व्यक्तिलाई ऊ फर्केर आउनुपर्छ र उद्धार पाउने विषयमा तपाईंसँग बातचीत गर्नुपर्छ भनी भन्न सक्नुहुन्छ? कुनै पास्टरले त्यसो गर्ने गरेको मलाई थाहा छैन। त्यसैकारण हाम्रा मण्डलीहरू हराएका मानिसहरूले भरिएका छन्, त्यसमा सन्डे स्कुलका शिक्षक-शिक्षिका, डिकनहरू, पास्टरहरूका पत्नीहरू र स्वयम् पास्टरहरू पनि पर्छन्। पास्टरहरूले तिनीहरूका निमन्त्रणालाई स्वीकार गर्ने सबैलाई प्रार्थना गर्ने जोड् दिन्छन्। बप्तिस्मा लिने मानिसहरूको संख्या गन्ती गर्न उनीहरू त्यसो गर्छन्। उनीहरूले बप्तिस्मा दिने कसैको पनि उद्धार भएको हुँदैन। तिनीहरू मण्डलीप्रति विश्वासयोग्य रहँदैनन्, किनकि तिनीहरूको नयाँ जन्म भएको हुँदैन। ती मानिसहरू ‘विश्वासबाट पछि हट्नेहरू’ होइनन्। प्रचार गर्नेहरूले कहिल्यै पनि तिनीहरूले उद्धार पाएको निश्चित गर्न समय ननिकालेका कारण त्यस्तो भएको हो। तपाईं एक जना व्यक्तिलाई ऊ हराएको छ र ऊ फेरि आउनुपर्छ भनी भन्न सक्नुहुन्छ कि हुन्न त्यही नै तपाईंको सेवकाइको साँचो जाँच हो। के तपाईं ती मानिसहरूजस्तो हुनुहुन्छ जसले ‘परमेश्वरको प्रशंसाभन्दा मानिसको प्रशंसा बढी रूचाए’ (यूहन्ना १२:४३)। वा मानिसहरूले मन पराए वा नपराए पनि के तपाईं सत्य बोल्नुहुन्छ?
यो भनेको, के तपाईं साँचो हृदय परिवर्तनमा विश्वास गर्नुहुन्छ भनेकै जस्तो हो- ख्रीष्टमा भएको साँचो विश्वास, जुन वास्तविक ख्रीष्टियन जीवनका परिमाण हुन्? यदि तपाईं सबैलाई प्रार्थना गराउने, वा हातहरू उठाउने, वा कार्डमा हस्ताक्षर गराउने कुरामा जोड़ दिनुहुन्छ भने तपाईं एक ‘निर्णयवादी’ हुनुहुन्छ। तपाईंले ती मानवीय आत्माहरूलाई वास्ता गरिरहनुभएको छैन, जसकहाँ परमेश्वरले तपाईंलाई पठाउनुभएको छ।
म विश्वास गर्छु, तपाईंहरूमध्ये कसै-कसैले वास्तविक हृदय परिवर्तनमा विश्वास गर्नुहुन्छ। म आशा गर्छु, तपाईंहरूमध्ये कसै-कसैले एक-अर्कासित समय बिताउनुपर्छ, र उसले ख्रीष्टमा साँच्चै विश्वास गर्दछ र साँच्चै हृदय परिवर्तन भएको छ भनी निश्चित गर्नुपर्छ। यस्तो कार्य विश्वासयोग्य पास्टरले गर्दछ। विश्वासयोग्य गोठालाहरूले भेडाहरूलाई वास्ता गर्दछ। म आशा गर्दछु, कि तपाईं आफ्ना मानिसहरूले ख्रीष्टमा विश्वास गरेका छन् र तिनीहरू साँचो रूपमा परिवर्तन भएका छन् भनी बुझ्ने कोसिस गर्नुहुनेछ।
हुन सक्छ तपाईं सोच्नहुन्छ कि, मैले यस विषयमा अति नै धेरै कुराहरू भने र हृदय परिवर्तन एउटा साधारण कुरा हो त्यसको बारेमा धेरै सोचविचार गर्नुपर्दैन। तर यदि उपचार पेशामा यदि प्रसूतिको बारेमा जान्ने डाक्टरको आवश्यक नपर्ने भए बच्चा कसरी जन्मन्छ भन्ने कुरा कसरी जान्न सकिने थियो? यदि सबैले एउटै कुरा गरे, वा तिनीहरूका हातहरू नधोए वा बच्चा उल्टो जन्मन लाग्दा के गर्ने भनी थाहा नभए के हुन्छ? यदि हामी बच्चा जन्माउने कुरालाई पनि आत्माहरू जन्माउने कुरालाई जस्तै लियौं भने लाखौं शिशुहरू अनावश्यक रूपमा मर्नेछन्- किनकि अहिले लाखौं आत्माहरू अनावश्यक रूपमा मरिरहेका र नरकतिर गइरहेका छन्, किनकि हामीले तिनीहरूका हृदय परिवर्तनको बारेमा बुझ्न वा हाम्रा बाइबल स्कुलहरू र सेमिनरीहरूमा यो कसरी गर्नुपर्छ भनी बताउन तिनीहरूसँग समय बिताएका छैनौं- स्कुलहरू र सेमिनरीहरूमा त यस विषयमा कुनै शिक्षा दिइँदैन!!!
म असवल्ड जे. स्मिथद्वारा रचित ‘अनि येशू आउनुभो’ भजनका शब्दहरू पढन लागेको छु, यसमा संगीत होमर रोडेहिबरले भरेका हुन्। जब येशू तपाईंको जीवनमा आउनुहुन्छ, उहाँको रगतले तपाईंका सबै पापहरू पखाल्दछ, उहाँले क्रूसमा बगाउनुभएको रगत तपाईंलाई शुद्ध पार्न अझै पनि उपलब्ध छ। अनि तपाईंलाई अनन्त जीवन दिन येशू मरेकोबाट फेरि जीवित हुनुभयो। येशूमा मात्र विश्वास गर्नुहोस् र उहाँले तपाईंका पापहरू क्षमा गर्नुहुनेछ र तपाईंलाई अनन्त जीवन दिनुहुनेछ। म आशा गर्छु, तपाईं फर्केर आउनुहुनेछ र आज बेलुकी ६:१५ बजे हामीसँग रातिको भोजन खानुहुनेछ। डा. हिमर्सले ‘येशूले निको पार्नुभएको दृष्टिहीन मानिस’ शीर्षकमा एउटा सन्देश प्रचार गर्नुहुनेछ। आज बेलुकी ६:१५ बजे निश्चय आउनुहोस् र डा. हिमर्सले प्रचार गरिसक्नुभएपछि रातिको भोजन खान बस्नुहोस्।
बस्थ्यो एकलै सड्क किनारमा भीख माग्दै
आन्धो थिए, उज्यालो ऊ देख्न सक्दैनथ्यो।
झुत्रो लुगा समातेर काम्थ्यो छायाँमा
आउनुभो येशू अँध्यारोलाई भाग्ने आदेश दिनुभो।
येशू आउनुहुँदा परीक्षा गर्नेको शक्ति तोडिन्छ;
येशू आउनुहुँदा आँसुहरू पुछिन्छ,
उदासी लिई भर्नुहुन्छ जीवन महिमाले,
येशू बस्न आउनुहुँदा सब थोक बदलिन्छन्।
घर र मित्रहरूबाट दुष्टात्माले खेदेथ्यो उसलाई,
चिहानहरूमा कष्टसाथ बस्थ्यो;
भूतात्मा शक्ति उसमा थियो, चिथोर्थ्यो आफैलाई,
अनि आउनुभो येशू, कैदीलाई छुटाउनुभो।
येशू आउनुहुँदा परीक्षा गर्नेको शक्ति तोडिन्छ;
येशू आउनुहुँदा आँसुहरू पुछिन्छ,
उदासी लिई भर्नुहुन्छ जीवन महिमाले,
येशू बस्न आउनुहुँदा सब तोक बदलिन्छन्।
पाएका छन् मानिसले आज योग्य उद्धारकर्ता,
तिनीहरूले कामवासना, लालसा र पापलाई जितेनन्;
तोडिएको हृदयले बनायो तिनीहरूलाई दुःखी र एकलो,
अनि येशू आउनुभयो, आफै उभित्र बस्नुभो।
येशू आउनुहुँदा परीक्षा गर्नेको शक्ति तोडिन्छ;
येशू आउनुहुँदा आँसुहरू पुछिन्छ,
उदासी लिई भर्नुहुन्छ जीवन महिमाले,
येशू बस्न आउनुहुँदा सब तोक बदलिन्छन्।
('देन जिजस केम,' डा. असवल्ड जे. स्मिथद्वारा रचित, १८८९-१९८६; संगीत होमर रोडेहिबर, १८८०-१९५५)
जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.
(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।
सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('देन जिजस केम,' डा. असवल्ड जे. स्मिथद्वारा रचित, १८८९-१९८६; संगीत होमर रोडेहिबर, १८८०-१९५५)
रूपरेखा एउटा आत्मालाई कसरी ख्रीष्टमा डोऱ्याउने - HOW TO LEAD A SOUL TO CHRIST – क्रिस्टोफर एल. केगनद्वारा लिखित अनि रेभ. जोन शमूएल केगनद्वारा ‘मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौं।’ (मत्ती १८:३) (यूहन्ना ३:३,७; २ कोरिन्थी ५:१७) १. पहिलो, पास्टरहरूले पापीहरूका कुरा सुन्नुपर्छ। २. दोस्रो, पापीहरूले येशू ख्रीष्टको बारेमा गल्तीहरू गर्छन्। ३. तेस्रो, पापीहरूले उद्धार पाउने विषयमा गल्ती गर्छन्। ४. चौथो, पापीहरूले तिनीहरूका हृदयका पापका निम्ति दोषी महसुस गर्नुपर्छ। ५. पाँचौं, यदि त्यो पापी व्यक्तिले उसको हृदयको पापका निम्ति दोषी महसुस गर्छ भने, उसलाई ख्रीष्टमा डोऱ्याउने कोसिस गर्नुहोस्। यशैया ६:५; लूका २३:४२,४३ ६. छैटौं, तपाईंले पापी व्यक्तिसँग बातचीत गर्नुभएपछि उसलाई केही सरल प्रश्नहरू गर्नुहोस्। ७. सातौं, परामर्श सेवकाइको साँचो जाँच याद राख्नुहोस्। यूहन्ना १२:४३ |